
चितवन, साउन १९–जिल्ला प्रशासन कार्यालय चितवनले विद्यालय संचालन नगर्न निर्देशन दिएको छ ।
आज (सोमबार) एक सूचना जारी गर्दै चितवनमा कोरोनाको जोखिम कायमै रहेको भन्दै तत्काल विद्यालय संचालन नगर्न निर्देशन दिएको हो ।
जिल्ला भित्रका केही शैक्षिक संस्थाहरुले शैक्षिक गतिविधि संचालन गरेको प्रति ध्यानकर्षण भएको जनाउँदै शैक्षिक गतिविधि एवंम पठनपाठन कार्य अविलम्ब रोक्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ ।
प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै विद्यालय संचालन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ । प्रशासनले जिल्लाका सात वटै स्थानीय तह र शिक्षा विकास तथा समन्व्य इकाईलाई बोदार्थ सूचना पठाएको छ ।