अब रोयल इन्टरनेशनल कलेजमा ADHM गरि, सजिलैसंग अष्ट्रेलिया जान सकिने

रोयल इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले विगत ५ वर्षयता हस्सपिटालिटी क्षेत्रमा करियर बनाउन चाहेको विद्यार्थीहरुको लागि एडभान्स डिप्लोमा इन होटेल म्यानेजमेन्ट (Advance Diploma in Hospitality Management) को कक्षाहरु संचालन गदै आएको छ ।

यस कलेजमा अध्ययन हुने कोर्षहरु LCCI Global Qualification ले बिकास गरि, विश्व प्रख्यात स्कटिस क्वलिफिकेसन अथोरोटी (Scotish Qualification Authority- SQA) बेलायतबाट मान्यता प्राप्त गरेको छ भने यी कोर्षहरु यूरोपियन क्वलिफिकेसन फ्रेमवर्क (Europian Qualification Farmwork- EQF) मा तह ५ (Level 5 ) मा Benchmark भएका छन् ।

यसका कारण रोयल कलेजमा अध्ययन गरिसकेपछि विद्यार्थीहरु उच्च शिक्षाको लागि विभिन्न देश जस्तै अस्ट्रेलिया, अमेरिका, यूूरोप, दुबई, न्यूूजिल्याण्ड लगायत देशहरुमा ब्याचलर दोस्रो बर्षमा अध्ययन गर्ने अबसर पाउने छन् । त्यसैगरि विद्यार्थीहरुले नेपालमा नै BHM चौथो सेमेस्टर अध्ययन गर्न चाहेमा पनि AITM College मा सिधै भर्ना हुन समेत सकनेछन् ।

कलेजका प्रवन्ध निर्देशक आशिष घिमिरेले ५ वर्षको अवधिमा करिव ३५० जनशक्तिको मागलाई केहि हदसम्म भए पनि टेवा पुर्याएकोमा खुसी व्यक्त गर्दै, विद्यार्थीहरुले अध्ययन संगै स्वदेशमै व्यबसाय खोली रोजगारिको सिजना गर्न दक्ष हुने कार्यक्रम आफुले संचालन गरेको जानकारी दिनुभयो ।

कलेजमा हालसम्म चार व्याज पास आउट गरिसकेको जानकारी प्राचार्य अर्जुन शार्माले जानकारी दिनुभयो । जस मध्ये १० दश जना विद्यार्थिहरुले क्रेडिट ट्रान्सफर गरी अष्ट्रेलिया गैसकेको छन । अहिले लगभग सबै जना विद्यार्थीहरु क्रेडिट ट्रान्सफरको लागी प्रक्रिया अगाडी बढाएको जानकारि दिनुभयो । केहि विद्यार्थीहरु दुबइ, कतार, नेपालका स्टार होटलमा पनि काम थालेको जानकारी आचार्यले दिनुभयो ।

एडभान्स डिप्लोमा ADHM तहका लागि अहिले छैठौ व्याज (Sixth batch) मा भर्ना समेत खुलेको उहाँले बताउनुभयो । क्रेडिट ट्रान्सफर लिन विद्यार्थी भाई-बहिनीहरुले, यो कोष पूूरा गर्ने अवधि सम्म कक्षा १२ उर्तिण गर्नुपर्ने जानकारी दिनुभयो । कोर्षको अलवा कलेजले CTEVT संंग सम्वन्धन लिएर छोटो अवधिका तालिमहरु समेत चलाउदै आएको छ।