हस्पिटालिटी करियर बनाउन चहानेका लागि नारायणगढमा रोयल इन्टरेनशनल कलेज

चितवन,असोज ४-

पर्यटन गतिविधि बढेसँगै चितवनमा होटल, रेष्टुरेण्ट तथा रिसोर्टले दक्ष जनशक्तिको अभाव झेल्दै आएका छन् । यही समस्यालाई मध्यनजर गर्दै नारायणगढमा रोयल इन्टरेनशनल कलेज अफ होटल म्यानेजमेण्ट कलेज सञ्चालनमा आएको छ । हस्पिटालिटी क्षेत्रमा क्यारियर बनाउन चाहने विद्यार्थीको रोजाईमा यो कलेज पर्न थालेको छ ।

कलेजका प्रवन्ध निर्देशक आशिष घिमिरेले सीपमूलक व्यवहारिक ज्ञान दिदै हस्पिटालिटी करियर बनाउन चाहनेको रोजाईमा कलेज परेको बताए । उनले माग अनुसारका दक्ष जनशक्ति अभाव रहेकाले सीप सिक्न चाहने विद्यार्थी धेरै रहेको बताए । सजिलै रोजगारी र उच्च अध्ययनको अवसर लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । १२ महिने डिप्लोमा इन कुलिनारी आर्ट, १५ महिनो डिप्लोमा इन होटल म्यानेजमेण्ट र २१ महिनो एडभान्स डिप्लोमा इन होटल म्यानेजमेण्टका कक्षा सञ्चालन हुदै आएको छ ।

(Source: Himalayan Times News )