रोयल कलेज चितवनमा पढेका बिद्यार्थीको के्डिट ट्रान्सफर हुने

रोयल इन्टरनेसनल कलेज, चितवनमा एडिएचएम पढेका बिद्यार्थीको बिश्वको बिभिन्न देशका कलेज तथा बिश्विद्यालय के्डिट ट्रान्सफर हुने भएको छ। स्वदेशमा पनि काठमाडौँको एआइटिएम कलेजमा चौथो सेमेस्टरमा बिधार्थीले पढ्न पाउने कलेजका प्राचार्य अर्जुन आचार्यले  बताउनुभयो। यो कलेजले एलसीसीआइ जिक्यु र सिटिइभिटीको सम्बन्धन लिएको छ। 

प्राचार्य आचार्यका अनुसार यस कलेजमा एलसीसीआइको एडिएचएम र डिएचएम बिषयको अध्ययन हुन्छ भने सिटिइभिटीको छोटो समयको कुक, बारिष्ता, वेटर आदिको अध्यापन हुने गरेको छ। +२ पास गरेर एडिएचएम सकेका बिध्यार्थीले सिधै क्रेडिट ट्रान्सफर मार्फत बिभिन्न देशमा साथै नेपालमा पनि पढ्न पाउने ब्यवस्था भएको कलेजका प्रबन्ध निर्देशक आशिष घिमिरेले बताउनुभयो।

कलेजले दक्ष जनशक्ति उत्पादन गरी, होटल रेस्टुरेन्ट उधोगमा देखिएको जनशक्ति अभाव केही हदसम्म भएपनि कम गर्न सोच राखेको छ। कलेज बालकुमारी रोड, नारायणगढमा अबस्थित छ।