नारायणगढमा रोयल इन्टरेनशनल कलेज अफ होटल म्यानेजमेण्ट कलेज सञ्चालन

चितवन । पर्यटन गतिविधि बढेसँगै चितवनमा होटल, रेष्टुरेण्ट तथा रिसोर्टले दक्ष जनशक्तिको अभाव झेल्दै आएका छन् । यही समस्यालाई मध्यनजर गर्दै नारायणगढमा रोयल इन्टरेनशनल कलेज अफ होटल म्यानेजमेण्ट कलेज सञ्चालनमा आएको छ । हस्पिटालिटी क्षेत्रमा क्यारियर बनाउन चाहने विद्यार्थीको रोजाईमा यो कलेज पर्न थालेको छ ।

कलेजका प्रवन्ध निर्देशक आशिष घिमिरेले सीपमूलक व्यवहारिक ज्ञान दिदै हस्पिटालिटी करियर बनाउन चाहनेको रोजाईमा कलेज परेको बताए । उनले माग अनुसारका दक्ष जनशक्ति अभाव रहेकाले सीप सिक्न चाहने विद्यार्थी धेरै रहेको बताए । सजिलै रोजगारी र उच्च अध्ययनको अवसर लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । १२ महिने डिप्लोमा इन कुलिनारी आर्ट, १५ महिनो डिप्लोमा इन होटल म्यानेजमेण्ट र २१ महिनो एडभान्स डिप्लोमा इन होटल म्यानेजमेण्टका कक्षा सञ्चालन हुदै आएको छ ।

यहाँ कक्षा लिने विद्यार्थीले उच्च शिक्षा निरन्तर गर्न चाहेमा युरोप, अष्ट्रेलिया लगायतका देशमा पढ्न जाने अवसर समेत पाउनेछन् । यस कलेजले छोटो अवधिका रोजगारीमूलक तालिम तथा कक्षा समेत दिदै आएको छ । १५ दिन वा एक महिनासम्मको वेकरी एण्ड पेस्त्री, बरिष्ता, बार टेन्डर लगायतका प्राविधिक ज्ञान समेत दिदै आएको छ । प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग साझेदारि गरि सञ्चालनमा ल्याएको हो । बालकुमारी कलेज रोडमा रहेको यो कलेजले स्कटिस क्वालिफिकेसन एथोरीटि (एसक्यूए) बेलायत र स्कील फर इम्पोलाइमेण्ट (एलसीसीआई) यूकेबाट सम्बन्धन पाएको छ । (Source:  safalkhabar.com/news/14676?fbclid=IwAR2yZkJA6PxZjmAIY7ntQteye3EtJ6MV1zdiTN0WaYVEBQyxJ87UKdGDCYw)